ad ad

ग्लोबल


पजनीको तयारीमा युक्रेनी राष्ट्रपति, सेनाप्रमुखसहित थुप्रैलाई हटाइँदै

पजनीको तयारीमा युक्रेनी राष्ट्रपति, सेनाप्रमुखसहित थुप्रैलाई हटाइँदै

नेपालखबर
माघ २३, २०८० मंगलबार १३:९,

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पजनीको तयारी गरेका छन्। सेनाप्रमुखसहित थुप्रै थुप्रै नेतृत्व परिवर्तन गर्ने उनले बताएका छन्।

इटालियन न्युज आउटलेट आरएआईमा आइतबार प्रकाशित अन्तर्वार्तामा जेलेन्स्कीले नयाँ सुरुवात आवश्यक रहेको बताएका छन्। 

‘मैले भन्न खोजेको राज्यका नेताहरुको परिवर्तन हो, सेनाजस्तो एउटा क्षेत्रको मात्र कुरा होइन,’ जेलेन्स्कीले भनेका छन्।

तर, उनले ककसलाई हटाउने भन्ने खुलाएका छैनन्।

केही दिनयता जेलेन्स्कीले सेनाप्रमुख जर्नेल वालेरी जालुज्नीलाई हटाउने तयारी गरिरहेको खबर सार्वजनिक भएका छन्। 

रुसको आक्रमणको दुई वर्ष पूरा हुन लाग्दा युक्रेनी नेतृत्वमा मतभेदका चिह्नहरु देखिन थालेका छन्। जेलेन्स्की र जर्नेल जालुज्नीबीच सैन्य रणनीतिलाई लिएर असहमति रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .