ad ad

ग्लोबल


पाकिस्तानमा हिन्दु उम्मेदवार मलानी दोस्रो पटक संसद्‍मा विजयी

पाकिस्तानमा हिन्दु उम्मेदवार मलानी दोस्रो पटक संसद्‍मा विजयी

पीपीपीका नेता असिफ अली जर्दारीसँग महेश मलानी। तस्बिर : भास्कर


नेपालखबर
माघ २६, २०८० शुक्रबार १४:३९, काठमाडौँ

मुस्लिम बहुल पाकिस्तानमा एकजना हिन्दु उम्मेदवारले लगातार दोस्रो पटक संसद् यात्रा तय गरेका छन्।

हिन्दु उम्मेदवार महेश मलानीले एनए-२१५ सिटबाट लगातार दोस्रो पटक जित निकालेका हुन्। 

सिन्ध प्रान्को एनए-२१५ सिटबाट पाकिस्तान पिपुल्स पार्टिका महेश मलानी विजयी भएका हुन्। 

महेश पाकिस्तानमा पहिलो यस्ता हिन्दु व्यक्ति हुन्, जसले नेशनल एसेम्बलीमा लगातार दोस्रो पटक जित निकालेका हुन्। 

उनले ग्र्यान्ड डेमोक्रेटिक अलान्यस (जीडीए) पार्टीका अरबाब गुलाम रहिमलाई १८ हजार ७१५ मतको अन्तरले हराएका हुन्।

उता अर्का हिन्दु उम्मेदवार सविरा प्रकाश भने पीएक-२५ सिटमा पराजित भएकी छन्। 

पाकिस्तान पिपुल्स पार्टीकी उम्मेदवार डाक्टर सविरा प्रकाश खैबर पख्तुनख्वाको बुनेर (पीके-२५) सिटमा हारेकी हुन्। उनले केवल १ हजार ७५४ मत मात्रै पाइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .