इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अहिलेसम्म यसको एकिन जानकारी दिन सकेका छैनन्।
कसैले इरानी राष्ट्रपति सवार हेलिकप्टर कडा अवतरण गरेको लेखेका छन् भने कसैले सम्पर्कविहीन भएको भनेका छन्।
कतिले कडा अवतरण गरेको हेलिकप्टरमा उनी थिए वा थिएनन् भन्ने पनि प्रस्ट भइनसकेको जनाएका छन्।
बीबीसीले भने इरानी मिडियालाई उधृत गर्दै राष्ट्रपति रायसी सवार हेलिकप्टर पूर्वी अजरबैजानमा नराम्ररी अवतरण गरेको खबर आएपछि उद्धार टोली घटनास्थलतर्फ गइरहेको जनाएको छ।
तर घटनाको आधिकारिक पुष्टि भइसकेको छैन भने के भएको हो भन्ने विरोधाभासपूर्ण रिपोर्ट आइरहेका छन्।
90
Shares
प्रतिक्रिया