नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदीय छानबिन समितिले सबैभन्दा पहिला गोरखा मिडिया र सूर्यदर्शन सहकारीकै फाइल पल्टाउने दाबी गरेका छन्।
आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन्।
‘उहाँको स्पिचको सार मेरो बारेमा छानबिन समिति बन्दैन। छानबिन समितिले सबै कुरा हेर्न पाउँछ, गोरखा मिडिया हेर्न पाउँदैन,’ थापाले भने, ‘छानबिन समितिले सबैभन्दा पहिला गोरखा मिडियाकै फाइल पल्टाउँछ। सुर्यदर्शनकै फाइल पल्टाउँछ। छैन भने छैन भनेर प्रमाणित गर्छ।’
84
Shares
प्रतिक्रिया