ad ad

ग्लोबल


इरानी राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकप्टरको भग्नावशेष भेटियो

इरानी राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकप्टरको भग्नावशेष भेटियो

हेलिकप्टर दुर्घटनामा पर्नु केही घण्टा पहिले इरानी टेलिभिजनले प्रशारण गरेको भिडियोबाट लिइएको राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमीरा बदुल्ला हियानको तस्बिर


नेपालखबर
जेठ ७, २०८१ सोमबार ९:३४, काठमाडौँ

हेलिकप्टरको भग्नावशेष भेटिएपछि इरानी राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएको आशंका गरिएको छ। 

बीबीसीले राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको जनाएको छ।  

इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो। इब्राहिम रायसीसँग यात्रामा इरानका विदेशमन्त्री हुसेन अमीरा बदुल्ला हियान पनि थिए। 

‘इरानी राष्ट्रपति रायसी र उनका विदेश मन्त्री पहाडी भूभाग र हिउँको मौसममा हेलिकप्टर दुर्घटनामा बाँचेका छन् भन्ने आशा घट्दै गएको छ,’ एक इरानी अधिकारीले सोमबार खोज टोलीले भग्नावशेष फेला पारेपछि भने।

‘दुर्घटनामा राष्ट्रपति रायसीको हेलिकप्टर पूर्णरुपमा जलेको छ, दुर्भाग्यवश, सबै यात्रुको मृत्यु भएको आशंका छ,’ अधिकारीले भने।

उद्धार टोलीहरूले सोमबार बिहान पूर्वी अजरबैजान प्रान्तस्थित भग्नावशेषसम्म पुग्न रातभर हिमपात र कठिन भू–भाग पार गरे। 

‘हामी अहिले भग्नावशेष देख्न सक्छौं र स्थिति राम्रो देखिदैन,’ इरानको रेड क्रिसेन्टका प्रमुख पिरहोसेन कोलिभान्डले सरकारी टिभीलाई भने, ‘दुर्घटनास्थल भेटिएसँगै हेलिकप्टरका यात्रुहरूमा जीवनको कुनै संकेत भेटिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .