इरानी राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको भग्नावशेष सार्वजनिक गरिएको छ।
इरानी राज्य समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको तस्बिरमा पहाडमा हेलिकप्टर ध्वस्त भएको देखाइएको छ।
रेड क्रिसेन्टले खिचेको फुटेजमा भग्नावशेषले भरिएको पहाडमा जलेको माटोको ठूलो भागको छेउमा हेलिकप्टरको पुच्छर देखिन्छ।
बीबीसीले उक्त हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमिरा बदुल्ला हियानको मृत्यु भएको जनाएको छ।
इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हियान सवार हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो।
114
Shares
प्रतिक्रिया