इरानी राष्ट्रपति इब्राहिम राइसीको अन्त्येष्टिमा हजारौँ मानिस सडकमा भेला भएका छन्।
आइतबार हेलिकप्टर दुर्घटनामा परी राइसीको निधन भएको हो।
इरानले देशमा पाँचदिने शोकको घोषणा गरेको छ।
राइसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मसहदमा दाहसंस्कार गरिने छ।
राइसीलाई बिदाइ गर्न इरानमा धेरै कार्यक्रम आयोजना गरिने छन्।
यीमध्ये पहिलो कार्यक्रम देशको उत्तर-पश्चिमी सहर ताब्रिजमा आयोजना हुँदै छ। जहाँ राइसी सवार हेलिकप्टर दुर्घटना भएको थियो।
यसपछि राइसीको पार्थिव शरीरलाई धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने कोम प्रान्तमा लगिनेछ। यहाँ शवयात्रा निकालिनेछ।
त्यसपछि दुर्घटनामा मृत्यु भएका राइसी र इरानी विदेशमन्त्रीको शव राजधानी तेहरान ल्याइनेछ।
अर्को कार्यक्रम बुधबार यहाँ हुनेछ।
इरानले बुधबार सार्वजनिक बिदा दिएको छ।
48
Shares
प्रतिक्रिया