युक्रेनको खार्किभमा रुसी मिसाइल आक्रमणमा परी सात जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले आक्रमणमा परी दुई जना बेपत्ता भएको दाबी पनि गरेका छन्।
बीबीसीका अनुसार ओलेहले स्थानीय बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेका छन्।
युक्रेनको सरकारी रेलवे कम्पनीले रुसको आक्रमणबाट आफ्ना धेरै बेसमा क्षति पुगेको र धेरै कर्मचारी घाइते भएको दाबी गरेको छ।
युक्रेनी मोर्चालाई कमजोर बनाउन रुसले खार्किवमा आक्रमण बढाएको छ।
ओलेहले भोभचान्स्क वरिपरि युद्ध जारी रहेको तर स्थिति युक्रेनी सेनाको नियन्त्रणमा रहेको दाबी गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनको कमजोर हवाई प्रतिरक्षाको फाइदा उठाइरहेको बताएका छन्।
जेलेन्स्कीले हवाई प्रतिरक्षालाई बलियो बनाउन आफ्ना सहयोगीहरूबाट लगातार आधुनिक लडाकु विमानहरूको माग गरिरहेका छन्।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूले खार्किभ कब्जा गर्न नचाहेको र रुसी सीमामा सुरक्षा घेरा बनाउन चाहेको बताएका छन्।
Shares
प्रतिक्रिया