जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।
बिहीबार गृह जिल्ला मोरङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ५ बाट जसपा नेपालका अध्यक्ष यादव सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन्।
अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्विरोध चयन भएकोमा सम्पूर्ण पार्टी पंक्ति एवं निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए।
सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेश प्रसाद सिंह गनगाई, भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, बिनिता सिंह लगायत पनि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।
जसपा नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन यही जेष्ठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न हुँदैछ।
अहिले देशैभरीबाट महाधिवेशनका लागि प्रतिनिधि चयन कार्य हुँदैछ। महाधिवेशनमा करीब एक सय बढ़ी निर्वाचित प्रतिनिधि सहभागी हुनेछन्।
Shares
प्रतिक्रिया