ad ad

ग्लोबल


ब्यांककमा मृत फेला परेका ६ जनाकै चियाको कपमा भेटियो साइनाइडको अंश

ऋणमा डुबेका व्यक्तिले सबैलाई विष खुवाएको आशंका
ब्यांककमा मृत फेला परेका ६ जनाकै चियाको कपमा भेटियो साइनाइडको अंश

नेपालखबर
साउन २, २०८१ बुधबार १८:३०,

थाइल्यान्डको ब्यांककस्थित पाँचतारे होटलमा मृत फेला परेका ६ जनाकै रगतमा साइनाइडको मात्रा फेला परेको छ। पोस्टमार्टमको सुरुवाती नतिजामा मृत्युको कारण साइनाइडबाहेक अरु कुनै कारण नभएको चिकित्सकहरुले बताएका छन्।

तर, यसबारे थप परीक्षण जारी रहेको बताइएको छ। मंगलबार यी भियतनामी मूलका मानिसहरु होटलमा मृत फेला परेका थिए। उनीहरुको ओठ र नङ बैजनी रङको भएको थियो भने भित्री अंगहरु रातो भएको जनाइएको छ।

प्रहरीले मृतमध्ये एक जनाले अरुलाई पनि विष खुवाएको हुनसक्ने अड्कल गरेको छ। ती व्यक्ति ऋणमा डुबेका थिए।

मंगलबार अबेर हाउसकिपरले उनीहरुलाई फेला पार्दा उनीहरुको मृत्यु भएको १२ देखि २४ घण्टा बितिसकेको अनुमान गरिएको छ।

यो घटना अन्तर्राष्ट्रिय रुपमा चर्चित भएको छ। 

प्रहरीका अनुसार मृतमध्ये दुई जनाले करौडौँ भाट अर्का एक मृतकलाई लगानीका लागि ऋण दिएका थिए। 

मृतमध्ये चारजना भियतनामी र दुईजना अमेरिकी नागरिक हुन्। उनीहरुले होटलको सातौँ तलामा ४ र पाँचौँ तलामा १ गरी ५ वटा कोठा लिएका थिए। सोमबार चेकआउट गर्ने तय भए पनि उनीहरुले चेकआउट गरेनन्।

बरु सोमबार दिउँसो पाँचौँ तलाको कोठामा सबैका लागि खाना तथा चिया अर्डर गरियो। दिउँसो २ बजेतिर वेटरले खाना र चिया पु¥याउँदा कोठामा एक महिला मात्र थिइन्। 

वेटर फर्केपछि अरु मानिस पालैले त्यहाँ आउन थाले। 

६ वटै चियाको कपमा साइनाइडको अंश फेला परेको प्रहरीले जनाएको छ। खाना भने जस्ताको तस्तै फेला परेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .