ad ad

समाज


मुगुपछि रसुवामा गयो भूकम्प

मुगुपछि रसुवामा गयो भूकम्प

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन २, २०८१ बुधबार १८:३३, काठमाडौँ

रसुवा केन्द्रबिन्दु भएर आज (बुधबार) दिउँसो भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रसुवाको मन्चेट आसपास केन्द्रबिन्दु भएर आज दिउँसो ३ बजेर २४ मिनेटमा ३.९ म्याग्निच्युड भूकम्प गएको हो।

यसअघि आजै बिहान ४ बजेर ४० मिनेट जाँदा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडकै भूकम्प गएको थियो। 

भूकम्पविद्का अनुसार यो क्षति पुर्‍याउने खालको भूकम्प भने होइन। 

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .