ad ad

ग्लोबल


सरकारविरुद्धको प्रदर्शन रोक्न नाइजेरियाका राष्ट्रपतिको अपिल

आन्दोलनले हिंसात्मक रूप लिँदा १० दिनमा मारिए ७ जना
सरकारविरुद्धको प्रदर्शन रोक्न नाइजेरियाका राष्ट्रपतिको अपिल

नाइजेरियाका राष्ट्रपति बोला टिनुबु


नेपालखबर
साउन २१, २०८१ सोमबार ७:१, काठमाडौँ

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि यसलाई रोक्न अपिल गरेका छन्।

नाइजेरियामा विरोध प्रदर्शनको सुरुवाती १० दिनमा ७ जनाको मृत्यु भएको छ। यस अवधिमा ७ सय जना पक्राउ परेका छन्।

टेलिफोन सम्बोधनमा राष्ट्रपतिले भने, ‘मेरा प्रिय नाइजेरियालीहरू, विशेष गरी हाम्रा युवाहरू। मैले तपाईंहरूको कुरा सुनेको छु र तपाईंहरूको पीडा र निराशा बुझेको छु।’

नाइजेरियाका राष्ट्रपतिले आफ्नो सम्बोधनमा केही क्षेत्रमा अराजकतावादी तत्वले विरोध प्रदर्शन गरेको पनि बताए।

राष्ट्रपति टिनुबु देशमा रहेको यो अशान्ति अन्त्य गर्न वार्ता गर्न चाहन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .