ad ad

ग्लोबल


बंगलादेशमा प्रहरीले गर्‍यो हडताल, आफ्नै सुरक्षाको माग

बंगलादेशमा प्रहरीले गर्‍यो हडताल, आफ्नै सुरक्षाको माग

नेपालखबर
साउन २२, २०८१ मंगलबार १९:२७, काठमाडौँ

बंगलादेशको ‘बांग्लादेश पुलिस सर्भिस एसोसिएसन’ (बीपीएसए) ले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने घोषणा गरेको छ।

बीबीसीका अनुसार बीपीएसएले प्रहरीले नचाहँदा नचाहँदै पनि आन्दोलनकारीमाथि गोली चलाउन बाध्य भएको जनाएको छ।

बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकका रूपमा प्रस्तुत गर्ने अधिकारीलाई जिम्मेवार ठहर गरेको छ।

बीपीएसएले भनेको छ, ‘देशले कानुन बनाउँछ, हामीले त त्यो लागू गर्ने मात्र हो। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश मान्नुपर्छ, चाहे त्यो कानुनी होस् वा गैरकानुनी।’

शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले जनाएको छ।

बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको छ।

आफ्नो विज्ञप्तिमा बीपीएसएले निर्दोष विद्यार्थी मार्नु परेकामा माफी पनि मागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .