ad ad

खेल


फुटबलर रेखा आबुधाबी कन्ट्री क्लबमा आबद्ध

फुटबलर रेखा आबुधाबी कन्ट्री क्लबमा आबद्ध

नेपालखबर
साउन २२, २०८१ मंगलबार १९:४७, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल युएई प्रो लिग क्लब आबुधाबी कन्ट्री क्लबमा आबद्ध भएकी छन्।

रेखाले मंगलबार सामजिक सञ्जालमार्फत क्लबसँगको सम्झौताबारे सार्वजनिक गर्दै खुसी व्यक्त गरेकी हुन्।

उनले लेखेकी छिन्,‘अबुधाबी कन्ट्री क्लब, युएई प्रो लिग च्याम्पियनसिपको शीर्ष टोलीहरू मध्यको एक,सँग सम्झौता गर्दा मा निकै खुशी छु, यो मेरो करियरको लागि ठूलो उपलब्धि हो। यो अवसर र यहाँ सम्म पुर्‍याउन सहयोग गर्ने मेरी आमा, मेरो घर इटहरी र मेरो देशप्रति म सधैं आभारी छु।’  

उनले थपिन्, ‘मेरो क्लब, नेपाल पुलिस क्लबलाई पनि धेरै धन्यवाद। त्यहाँ प्राप्त गरेको अनुभव, समर्थन, र मार्गदर्शनले मलाई आजको खेलाडी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .