ad ad

ग्लोबल


‘गरिबका ब्यांकर’ युनुस बन्दैछन् अन्तरिम सरकारको सल्लाहकार, को हुन् उनी?

‘गरिबका ब्यांकर’ युनुस बन्दैछन् अन्तरिम सरकारको सल्लाहकार, को हुन् उनी?

नेपालखबर
साउन २२, २०८१ मंगलबार २०:४९,

बंगलादेशमा आन्दोलनरत विद्यार्थीहरूले नोबेल विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको अगुवा बन्न आग्रह गरेका छन्। 

युनुस लघु ऋण आन्दोलनका प्रणेता मानिन्छन्। जो शेख हसिनाको शत्रु पनि हुन्।

‘गरिबका ब्यांकर’ उपनाम पाएका युनुस र उनले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो। सय डलरभन्दा कमको रकम ऋण उपलब्ध गराएर दसौँ लाख ग्रामीण गरिबलाई गरिबीबाट मुक्त गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको थियो। 

सफल हुँदै गएपछि युनुसले राजनीतिमा हात हाल्ने कोसिस पनि गरे। २००७ मा उनले पार्टी पनि गठन गर्न खोजे। 

तर, उनको प्रयासले हसिना क्रुद्ध भइन्। उनले युनुसलाई ‘गरिबको रगत चुसेको’ आरोप लगाइन्।

साना ऋणदाताले चर्को ब्याज असुल्ने गरेको आरोप लाग्यो। तर, त्यो ऋणको ब्याजदर स्थानीय साहुबाट लिइने ऋणको ब्याजदरभन्दा निकै कम रहेको युनुसको तर्क थियो। 

२०११ मा हसिना सरकारले उनलाई ग्रामीण ब्यांकको प्रमुखबाट हटायो। ६० वर्षको उमेरमा हट्नुपर्ने व्यक्ति ७३ वर्षसम्म बसेको सरकारको भनाइ थियो। सो निर्णयविरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन गरिएको थियो।

यसैवर्ष जनवरीमा ८४ वर्षीय युनुसलाई श्रम कानुन उल्लंघन गरेको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो। त्यस्तै २० लाख डलर ठगी गरेको आरोप पनि लगाइयो।

दुवै मुद्दामा जेल नगएपछि युनुसलाई अरु सयवटा भन्दा बढी मुद्दा लगाइएको थियो। 

‘बंगलादेशमा राजनीति बाँकी छैन,’ गत जुन महिनामा युनुसले भनेका थिए, ‘सक्रिय भनेको एउटा मात्र पार्टी छ, त्यसैले सबैथोक ओगटेको छ। सबैथोकी उही गर्छ।’

उनले सोमबार हसिनाको राजीनामालाई दोस्रो स्वतन्त्रता दिवस भनेका छन्।

युनुस अहिले पेरिसमा उपचाररत छन्। उनले विद्यार्थीहरूको प्रस्ताव स्वीकार गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .