ad ad

खेल


‘यो पटक भारतलाई हराउन सकेनौँ भने फेरि कहिल्यै सक्दैनौँ’

‘यो पटक भारतलाई हराउन सकेनौँ भने फेरि कहिल्यै सक्दैनौँ’

नेपालखबर
साउन २२, २०८१ मंगलबार २०:५२, काठमाडौँ

नेपाली भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले खेलाडीलाई जितका ‘मोटिभेट’ गरेका कारण राम्रो नजिता आएको बताएका छन्।

मंगलबार काभा महिला लिगमा इरानविरुद्ध जित हासिल गरेर नेपाली महिला टोली फाइनल प्रवेश गरेपछि मुख्य प्रशिक्षक भट्टले नेपाली समर्थक र घरेलु मैदानको साथले नेपालले राम्रो नतिजा ल्याउन सफल भएको बताए।

भारतविरुद्धको खेल ५ सेटमा पुगेको र इरानविरुद्ध पनि पाँच सेटमा पुग्दा हार्न पुगेको उनको भनाई थियो।

इरानविरुद्ध पहिलो खेलमा केही गल्ती गरेकाले त्यसलाई सुधार गर्दै लगेकाले जित हात पारेको उनले बताए।

खेलपछि उनले भने, ‘इतिहास रचेको नेपालले आजको खेलमा जित हात पार्न सकेनौँ भने हामी कमब्याक गर्न सक्दैनौँ भनेर खेलाडीलाई मोटिभेट गर्यौँ।’

भारतविरुद्धको फाइनल खेलमा यो पटकको टाइटल नेपालमा नै राख्ने गरेर खेल्ने उनको भनाइ छ।

‘घरेलु मैदानमा यो पटक भारतलाई हराउन सकेनौँ भने फेरि कहिल्यै सक्दैनौँ’ उनले भने।

अबको खेलमा ब्लकमा ध्यान दिनुपर्छ : निरुता ठगुन्ना, खेलाडी
यस्तै, राष्ट्रिय टोलीकी खेलाडी निरुता ठगुन्नाले अबको खेलमा ब्लकमा ध्यान दिनुपर्ने बताइन्।

उनले जसरी पनि फाइनल खेल्नुपर्छ भन्ने उच्च मनोबलका साथ इरानसँग भिडेको बताइन्।

‘हामी निकै प्रेसरमा थियौँ। जसरी हुन्छ अंक ल्याउनुपर्छ भन्ने थियो। हामीलाई एकदम गाह्रो थियो’ फाइनल पुगेपछि उनले भनिन्, ‘यही टोलीसँग ५ सेट खेलेर हारेका थियौँ। हार्दा मनोबल केही कमजोर त हुन्छ नै तर हामीले जितेर फाइनल खेल्नुपर्छ भन्ने थियो।’

यस्तै, उनले सेमिफाइनलमा इरानविरुद्ध दोस्रो र तेस्रो सेट केही प्रतिस्पर्धात्मक रहेको बताइन्। उनीहरूले अग्रता बनाएकाले नेपाली टोलीले थप प्रेसरमा खेल्नुपरेको उनले सुनाइन्।

भनिन्, ‘इरान शारिरिक र मानसिक रुपमा बलियो छ। नेपालले अबको खेलमा ब्लकमा ध्यान दिनुपर्छ। भोलि फाइनल छ प्रेसर त हुन्छ नै जित्नका लागि नै खेल्ने हो। पहिला हराएको टोली हो। खेल हो जे पनि हुन सक्छ तर हेरौँ के हुन्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .