रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले फेरि रुसलाई उक्साएको आरोप लगाएका छन्। मंगलबार करिब तीन सय युक्रेनी सैनिक रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेपछि उनले यस्तो बताएका हुन्।
सो क्षेत्रमा अहिले लडाइँ चलिरहेको बताइएको छ। रुसका अनुसार ११ ट्यांक र २० वटा बख्तरबन्द सवारीसहित ती सैनिकहरू सीमा पार गरेर रुसभित्र छिरेका हुन्।
सो क्षेत्रमा हजारौँ मानिसहरूले ठाउँ छाडेका छन्। युक्रेनले भने यसबारे केही बताएको छैन।
मस्कोमा सुरक्षा परिषदको बैठकअघि बोल्दै पुटिनले युक्रेनी सैनिकहरूले बस्ती र सर्वसाधारणको घरमा गोली चलाएको बताए।
अनेकौँ गाउँमा लडाइँ भएको र युक्रेनी हवाई अचाक्रमण्मा तीन जना सर्वसाधारणको ज्यान गएको रुसी अधिकारीहरूको भनाइ छ।
यद्यपि, ती सैनिकलाई सीमाबाट १० किमिभन्दा भित्र पस्न नदिइएको उनीहरूले बताएका छन्। एजेन्सी
438
Shares
प्रतिक्रिया