ad ad

खेल


भारतकी सालिनी बनिन् सर्वोत्कृष्ट खेलाडी, दुई विधामा सरस्वती र सलिना उत्कृष्ट

भारतकी सालिनी बनिन् सर्वोत्कृष्ट खेलाडी, दुई विधामा सरस्वती र सलिना उत्कृष्ट

नेपालखबर
साउन २३, २०८१ बुधबार २०:२७, काठमाडौँ

भारतकी सालिनी काभा महिला भलिबल नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्।

बुधबार सम्पन्न फाइनलमा सालिनी काभा नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चयन भएकी हुन्।

व्यक्तिगत स्पर्धातर्फ पनि भारतका खेलाडीले बाजी मारे।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाललाई ३–२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रो पटक उपाधि उचालेको हो।

व्यक्तिगत विधातर्फको अन्य उपाधिमा कसले बाजी मारे त?
उत्कृष्ट मिडल ब्लकर : भारतकी सूर्या र इरानकी काभारिन

उत्कृष्ट सेटर : भारतकी जुही
उत्कृष्ट अपोजिट खेलाडी : नेपालकी सरस्वती चौधरी
उत्कृष्ट लिबेरो : नेपालकी सलिना श्रेष्ठ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .