कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्याको विरोधमा दिल्लीसहित भारतभरका आवासीय चिकित्सक हडतालमा छन्।
यसैबीच कोलकाता प्रहरीले एक कलेज विद्यार्थीलाई प्रशिक्षार्थी डाक्टरको परिचय खुलाएको आरोपमा पक्राउ गरेको छ।
विद्यार्थीले उक्त तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर प्रशिक्षार्थी डाक्टरको जानकारी सार्वजनिक गरेको प्रहरीले जनाएको छ।
पोस्टमा उनले मुख्यमन्त्री ममता बनर्जीलाई मार्ने धम्की समेत दिएका थिए। यस सम्बन्धमा मुद्दा दर्ता भएको छ।
यसबाहेक, दिल्लीको एम्सका आवासीय डाक्टरहरूले स्वास्थ्य मन्त्रालय बाहिर ओपीडी स्थापना गरे। डाक्टरको सुरक्षाको माग गर्दै नारा लगाउँदै उनीरूले हत्या गरिएकी प्रशिक्षार्थी चिकित्सकको परिवारले न्याय दिन माग गरेका छन्।
यही अगस्ट ९ मा कोलकाताको आरजी कार मेडिकल कलेजमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो। यही अगस्ट १४ को राति सोही अस्पतालमा हिंसा भएको थियो, त्यसपछि चिकित्सकहरूले आन्दोलनलाई तीव्र बनाएका हुन्।
Shares
प्रतिक्रिया