पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि घर भत्किँदा एकै परिवारका १२ जनाको मृत्यु भएको छ।
भारी वर्षाका कारण यस परिवारको कच्चा घरको छाना खसेको माथिल्लो दिर जिल्लाका राहतकर्मीले बताएका छन्।
दुर्घटना हुँदा परिवारका सदस्य सुतिरहेका थिए।
भग्नावशेषबाट शव निकालिएकामध्ये यस परिवारका नौ जना बालबालिका छन्।
खैबर पख्तुनख्वामा एक महिनादेखि भारी वर्षा भइरहेको छ।
जसका कारण यहाँको बाढीले ठूलो पुल पनि बगाएको छ।
पहिरोका कारण काराकोरम राजमार्गको एक भाग पनि बन्द गर्नुपरेको छ। एजेन्सी
192
Shares
प्रतिक्रिया