विमान यात्रा प्रायः सुरक्षित मानिन्छ, तर खराब मौसममा यो यात्रा कहिलेकाहीँ खतरनाक हुन्छ। यस्तै एउटा भिडिओ अहिले भाइरल भइरहेको छ, जसमा जहाज आकाशमा हल्लिरहेको देख्न सकिन्छ।
आखिर यो भिडिओ कहाँको होला?
वास्तवमा यो भिडिओ जापानको फुकुओका एयरपोर्टको हो। जहाँ अवतरणका क्रममा तीव्र हावाका कारण जहाज हल्लिएको हो। जापानमा अहिले शानशान भन्ने शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ।
भिडिओलाई अहिलेसम्म १.२ लाखभन्दा बढी पटक हेरिएको छ र यो तीव्र रूपमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा यो भिडिओ हेरेपछि मानिसहरू आत्तिएका छन्।
डेलीमेलले यो भिडिओ इन्स्टाग्राममा सेयर गरेको छ। उसले लेखेको छ- यो भिडिओ क्युसु टापुबाट आएको जेजु एयरको फ्लाइट १४०८ को हो। जहाँ फुकुओका विमानस्थलमा अवतरणका क्रममा तीव्र हावाका कारण विमान हल्लिएको देखियो।
हेर्नुहोस् भिडिओ-
3.5k
Shares
प्रतिक्रिया