ad ad

ग्लोबल


इजरायली प्रधानमन्त्रीले मागे माफी, हमासले दियो नयाँ धम्की

इजरायली प्रधानमन्त्रीले मागे माफी, हमासले दियो नयाँ धम्की

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु


नेपालखबर
भदौ १८, २०८१ मंगलबार ९:८, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजामा मृत फेला परेका ६ जना इजरायली बन्धकलाई जीवितै फिर्ता गर्न असफल भएकामा आफ्ना नागरिकसँग माफी मागेका छन्।

अर्कातर्फ हमासले युद्धविराम सम्झौता नभए अन्य बन्धकहरू पनि ‘कफनमा घर फर्किने’ चेतावनी दिएको बीबीसीले जनाएको छ।

आफूविरुद्ध प्रदर्शन देशमा प्रदर्शन जारी रहेका बेला इजयराली प्रधानमन्त्री नेतान्याहुले जनतासँग क्षमा मागेका हुन्। 

नेतान्याहुले आफ्ना प्रियजनलाई ११ महिनापछि पनि घर फर्काउन नसकेकामा आक्रोश व्यक्त गर्दै सोमबार बन्धकका परिवारले विरोध प्रदर्शन गरेका थिए।

अर्कातर्फ बेलायतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्न प्रयोग हुन सक्ने भन्दै इजरायललाई थप हतियार दिन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय स्तरमा पनि दबाब बढ्दै गएको छ।

तर इजरायली प्रधानमन्त्री अझै पनि आफ्नो अडानमा अडिग छन् र गाजाको फिलाडेल्फिया कोरिडोरलाई इजरायली सेनाले नियन्त्रणमा लिन आवश्यक रहेकामा जोड दिएका छन्।

हमाससँगको वार्तामा यो करिडोर प्रमुख मुद्दा बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .