ad ad

ग्लोबल


पुटिनले दिए रुस र नेटोबीच युद्ध हुने चेतावनी

पुटिनले दिए रुस र नेटोबीच युद्ध हुने चेतावनी

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १४:४, काठमाडौँ

युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने विषयमा छलफल चलिरहेका बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोसँग आफ्नो देश युद्धमा उत्रने खतरा रहेको चेतावनी दिएका छन्।

पुटिनले भने, ‘यदि युरोप र अमेरिकाले किभ (युक्रेन) लाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नेटो र रुसबीच युद्ध हुन सक्छ।’

यसैबीच, रुसी सञ्चारमाध्यमका अनुसार मस्को (रुस) ले ६ जना बेलायती कूटनीतिज्ञलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ।

रुसको गुप्तचर एजेन्सी एफएसबीले उनीहरूको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ।

पुटिनले के के भने?

पुटिनले सरकारी टेलिभिजनमा भने- यसको मतलब युक्रेन युद्धमा नेटो देशहरू- अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता।

‘यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछ’, उनले भने।

राष्ट्रपति पुटिनले थपे, ‘यदि यस्तो भयो भने हामीमाथिको खतराका आधारमा हामीले निर्णय लिनुपर्नेछ।’

अर्कातर्फ बेलायती प्रधानमन्त्री कियर स्टारमरले यो युद्ध रुसले सुरु गरेको हुनाले यसलाई उसैले तत्काल रोक्नसक्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .