ad ad

ग्लोबल


ट्रम्पको हत्या प्रयास आरोपमा समातिएका राउथलाई आज अदालत लगिँदै

ट्रम्पको हत्या प्रयास आरोपमा समातिएका राउथलाई आज अदालत लगिँदै

फाइल तस्बिर : रायन वेस्ली राउथ


नेपालखबर
असोज १, २०८१ मंगलबार ९:२६, काठमाडौँ

सुरक्षा एजेन्टहरूको तत्काल कारबाहीका कारण बन्दुकधारी रायन वेस्ली राउथ पूर्वअमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसम्म पुग्न नसकेको अमेरिकाको (सिक्रेट सर्भिस) गुप्तचर सेवाले जनाएको छ।

एफबीआईले भनेको छ- गोप्य सेवाले देख्नुअघि राउथ गल्फ कोर्सनजिकै १२ घण्टा लुकेको थियो।

अमेरिकी सञ्चारमाध्यमका अनुसार फ्लोरिडामा डोनाल्ड ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति ५८ वर्षीय राउथ अमेरिकाको उत्तरी क्यारोलिना राज्यबाट आएका हुन् तर पछिल्लो सम्पत्तिका कागजातअनुसार उनी हाल अमेरिकाको हवाईमा बस्थे। 

यसैबीच रायन वेस्ले राउथलाई आज (मंगलबार) अदालतमा पेस गरिने बीबीसीले जनाएको छ।

एफबीआईले राउथको सामाजिक सञ्जालमा खोजी गर्दा उनले रुससँग चलिरहेको युद्धमा युक्रेनलाई सहयोग गरिरहेको पाइएको छ।  साथै उनी विगतमा पनि आपराधिक काममा संलग्न भएको रेकर्ड पनि भेटिएको छ।

राउथले आइतबार फ्लोरिडास्थित ट्रम्प इन्टरनेसनल गल्फ कोर्समा एके-४७ राइफल लिएर गएको आरोप छ।

एफबीआईले गल्फ कोर्सको झाडीबाट हतियार, एउटा स्कोप, दुईवटा झोला र एउटा गो-प्रो क्यामेरा बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .