ad ad

ग्लोबल


मस्कले बाइडेन र ह्यारिसबारे एक्समा के लेखेका थिए, जुन डिलिट गर्नपर्‍यो?

मस्कले बाइडेन र ह्यारिसबारे एक्समा के लेखेका थिए, जुन डिलिट गर्नपर्‍यो?

इलोन मस्क


नेपालखबर
असोज १, २०८१ मंगलबार १०:४८, काठमाडौँ

अमेरिकी गुप्तचर सेवाले अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपतिको सम्बन्धमा इलोन मस्कले एक्समा लेखेको कुरा आफूलाई जानकारी रहेको बताएको छ।

मस्कले आफ्नो एउटा पोस्टमा राष्ट्रपति जो बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या प्रयास कसैले गर्न नसक्ने लेखेका थिए।

तर, पछि उनले आफ्नो पोस्ट डिलिट गर्दै यो मजाक मात्र भएको बताए।

पूर्वअमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्ध आक्रमण प्रयास भएको खबर आएको एक घण्टापछि मस्कले आइतबार एक्समा त्यस्तो लेखेका थिए। 

इलोन मस्कलाई डोनाल्ड ट्रम्पका समर्थक मानिन्छ र ट्रम्पले दोस्रोपटक जित्यो भने सरकारी दक्षता आयोगको जिम्मेवारी मस्कलाई सुम्पिने आश्वासन दिएका छन्।

मस्कको पोस्टविरुद्ध धेरै जना एक्स प्रयोगकर्ताले आलोचना पनि गरेका थिए।

ह्वाइट हाउसले उनको पोस्टबारे भन्यो- यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .