ad ad

ग्लोबल


हिजबुल्लाहले भन्यो- इजरायलमा दर्जनौँ रकेट प्रहार गर्‍यौँ

हिजबुल्लाहले भन्यो- इजरायलमा दर्जनौँ रकेट प्रहार गर्‍यौँ

इजरायलको आक्रमणको जवाफमा हिजबुल्लाहले पनि दर्जनौँ रकेट प्रहार गरेको छ।


नेपालखबर
असोज ७, २०८१ सोमबार १८:५०, काठमाडौँ

इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्व सोमबारदेखि बढ्दै गएको देखिन्छ।

इजरायली आक्रमणपछि हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणको जवाफमा उसको उपकरण गोदाममा दर्जनौँ मिसाइल प्रहार गरेको बताएको छ।

इजरायली रक्षा बलले पनि विज्ञप्ति जारी गरी लेबनानबाट कम्तीमा ३५ वटा रकेट प्रहार गरी विभिन्न किसिमको क्षति पुगेको बताएको छ।

आईडीएफले धेरै रकेटहरू आफ्नो वायु रक्षा प्रणालीले खसालेको दाबी गरेको छ।

यसअघि लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानका सहर र गाउँहरूमा सोमबारदेखि भइरहेको आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ। यी आक्रमणमा ४०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानका अस्पतालहरूलाई अत्यावश्यक नभएका शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको छ।

लेबनानमा इजरायली हमलामा घाइते भएकाहरूको उपचारका लागि यो तयारी भइरहेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .