ad ad

ग्लोबल


प्यालेस्टाइनका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघमा तीनपटक भने- हामी छाड्ने छैनौँ

प्यालेस्टाइनका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघमा तीनपटक भने- हामी छाड्ने छैनौँ

नेपालखबर
असोज १०, २०८१ बिहिबार २२:२९, काठमाडौँ

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई बिहीबार सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनको सुरुमा उनले तीनपटक घोषणा गरे- हामी छोड्ने छैनौँ।

‘प्यालेस्टाइन हाम्रो देश हो, हाम्रा पुर्खाहरूको देश हो। प्यालेस्टाइन हाम्रो रहनेछ। जसले यो भूमि कब्जा गरेका छन्, उनीहरूले मात्र यो ठाउँ छाड्छन्।’

एक वर्षदेखि आफ्ना जनताले यस शताब्दीकै सबैभन्दा जघन्य अपराधको सामना गरिरहेको उनले बताए। 

उनले भने, ‘इजरायलले गरिरहेको नरसंहारमा गाजामा मात्र ४० हजारभन्दा बढी मानिस मारिएका छन्।’

यी आक्रमणमा हजारौँ प्यालेस्टिनी परिवार ध्वस्त भएको उनले बताए। 

उनले भने, ‘हजारौँ रोग र स्वास्थ्य सेवा अभावका कारण मरेका छन्। गाजामा २० लाख भन्दा बढी मानिस घर छाडेर भागेका छन्। इजरायलले अब यो युद्ध अन्त्य गर्न आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .