ad ad

ग्लोबल


राष्ट्रसंघको महासभाबाट नेतान्याहुको चेतावनी- इरानमा इजरायल पुग्न नसक्ने ठाउँ छैन

राष्ट्रसंघको महासभाबाट नेतान्याहुको चेतावनी- इरानमा इजरायल पुग्न नसक्ने ठाउँ छैन

नेपालखबर
असोज १२, २०८१ शनिबार ७:३९, काठमाडौँ

लेबनानमा हवाई बमबारीका बीच न्युयोर्क पुगेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई चेतावनी दिएका छन्।

शुक्रबार संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै उनले भने, “इरानमा इजरायलको लामो हतियार पुग्न नसक्ने ठाउँ छैन। र, यो सम्पूर्ण मध्य पूर्वको लागि पनि सत्य हो।"

उनले यमनका हुथी विद्रोहीको आक्रमणको उल्लेख गर्दै गत अप्रिलमा इरानले इजरायलमा प्रत्यक्ष आक्रमण गरेको आरोप लगाए। 

नेतान्याहुले इजरायल शान्तिपूर्ण सहअस्तित्वका लागि प्रतिबद्ध गाजापट्टीमा नागरिक प्रशासनलाई सहयोग गर्ने कुनै पनि क्षेत्रीय र अन्य साझेदारसँग काम गर्न तयार रहेको पनि बताए।

यसैबीच, शान्तिका लागि अपिल गरे पनि इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व जारी छ।

आईडीएफ (इजरायल डिफेन्स फोर्स) ले दक्षिणी लेबनानमा हिजबुल्लाहका दर्जनौँ स्थानहरूलाई निशाना बनाएको जनाएको छ।जहाँबाट इजरायलतर्फ रकेट प्रहार गरिएको थियो।

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा लगातार आक्रमण गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .