ad ad

ग्लोबल


लेबनानमा परिवारका सदस्यसहित मारिए हमास नेता अल-अमिन

लेबनानमा परिवारका सदस्यसहित मारिए हमास नेता अल-अमिन

नेपालखबर
असोज १५, २०८१ मंगलबार ७:२५, काठमाडौँ

दक्षिणी लेबनानमा इजरायली हमलामा आफ्ना नेता फतेह सरिफ अबु अल-अमिन पनि मारिएको हमासले जनाएको छ।

हमासले अल-अमिनसँगै उनका परिवारका केही सदस्य पनि मारिएको बताएको छ।

लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी सहर तायाहनजिकै रहेको एउटा शिविरमा हवाई आक्रमण गरेको जानकारी दिएको थियो।

यसैबीच इजरायली रक्षा बल (आईडीएफ) ले भन्यो- हमास नेता अल-अमिनले लेबनानमा हिजबुल्लाहसँग मिलेर हमासको आतंकवादी गतिविधि गरिरहेका थिए।

यद्यपि हमास गाजामा बढी सक्रिय छ।

हमास र इजरायलबीच झण्डै एक वर्षदेखि युद्ध चलिरहेको छ।

हमास र हिजबुल्लाह दुवैलाई इरानको समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .