अमेरिकामा उड्दाउड्दै फुटेर झ्यालसहितको एक भाग खसेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानबारे सिकागोमा रहेको युनाइटेड एयरलाइन्सले निरीक्षण गरेको छ।
त्यस क्रममा उसले त्यस विमानकाा विभिन्न बोल्ट ‘थोरै कडा’ गर्नुपर्ने पाइएको जनाएको छ।
स्थानीय समयानुसार शुक्रबार साँझ अमेरिकाको पोर्टल्यान्ड (ओरेगन बाट ओन्टारियो (क्यालिफोर्निया) का लागि अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ उडेको केही मिनेटपछि झ्यालसहितको बाहिरी भाग खसेको थियो।
यो घटनापछि यस मोडलका १७१ विमानलाई अनुसन्धान पूरा नभएसम्म उडानमा रोक लगाइएको छ।
युनाइटेड एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘हामीले शनिबार प्रारम्भिक अनुसन्धान थाल्यौँ, यस क्रममा ढोका प्लग स्थापनामा समस्या पाएका छौँ। बोल्टलाई अलि बढी कस्नुपर्ने देखिएको छ।’
108
Shares
प्रतिक्रिया