महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा एकजना यात्रुको नगद १८ हजार रूपैयाँ पाकेटमारेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई काठमाडौंको पेप्सीकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३५ वर्षीय विष्णु थापा छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।
21
Shares
प्रतिक्रिया