विश्वको सबैभन्दा ठूलो क्रुज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ।
अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो।
‘आइकन अफ द सिज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो छ। यसमा २० डेक छन् र ७,६०० यात्रुले एकैसाथ यात्रा गर्न सक्छन्।
यो क्रुज रोयल क्यारिबियन समूहको हो। आफ्नो पहिलो यात्राको क्रममा क्रूज जहाजले सात दिनको यात्रा पूरा गर्नेछ।
हेर्नुहोस् जहाजका भित्री भागका तस्बिरहरू
558
Shares
प्रतिक्रिया