भारतीय कांग्रेस नेता राहुल गान्धी रायबरेली र वायनाड दुवै सिटबाट विजयी भएका छन्।
यो जितपछि राहुल गान्धीले दुवै लोकसभा सिटका मतदातालाई धन्यवाद दिएका छन्।
अनि राहुललाई अब कुन सिटमा सांसद कायम रहने भन्ने द्विविधासमेत भएको छ।
राहुलले भने, ‘मलाई सोधिएको छ कि तपाईं कुन सिटबाट सांसद रहनुहुन्छ र कुन सिट छाड्नुहुन्छ। मेरो हातमा भएको भए दुवै ठाउँबाट सांसद बन्न मन लागेको छ।’
राहुल रायबरेलीबाट ३ लाख ९० हजार मतले विजयी भए भने वायनाडबाट राहुल ३ लाख ६४ हजार मतले विजयी भए।
3.6k
Shares
प्रतिक्रिया