ad ad

ग्लोबल


इन्डिया गठबन्धनको बैठक कंग्रेस अध्यक्ष खड्गेको घरमा बस्ने

प्रतिपक्षमा बस्ने कि सरकार बनाउन प्रयास गर्ने, निर्णय लिने
इन्डिया गठबन्धनको बैठक कंग्रेस अध्यक्ष खड्गेको घरमा बस्ने

नेपालखबर
जेठ २३, २०८१ बुधबार १४:३०, काठमाडौँ

लोकसभा चुनावको नतिजा सार्वजनिक भएपछि भारतीय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले आगामी रणनीति तय गर्न आज (बुधबार) साँझ बैठक राख्ने भएको छ। बैठकले इन्डिया गठबन्धन प्रतिपक्षमा बस्ने वा सरकार गठनको प्रयास गर्ने भन्ने निर्णय गर्नेछ।

‘इन्डिया’मा आबद्ध दलहरूको यो बैठक कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको घरमा बस्नेछ। यसबाहेक कंग्रेस पार्टीको पनि छुट्टै बैठक बस्नेछ। यसमा गठबन्धनका नेताहरूसँगको बैठकमा कस्तो अडान लिने भन्ने टुंगो लाग्नेछ।

कंग्रेस अध्यक्ष खड्गेले मंगलबार नतिजा आएपछि बैठकपछि मात्रै अर्को रणनीतिबारे बताउने बताएका थिए। उनले अहिले नै रणनीति बताइयो भने त मोदीजीले खेल खेलिहाल्छन् नि भनेका थिए। 

यसै क्रममा कंग्रेस नेता राहुल गान्धीले पनि विपक्षमा बस्ने वा सरकार बनाउने निर्णय बैठकले नै गर्ने बताएका थिए।

भारतीय लोकसभाका ५४३ सिटमध्ये इन्डिया गठबन्धनले कूल २३४ सिट प्राप्त गरेको छ। उसलाई सरकार बनाउन २७२ सांसदको समर्थन आवश्यक छ। यस्तो अवस्थामा उसले बहुमतका लागि बाहिरका साझेदार खोज्नुपर्ने हुन्छ।

ममता बनर्जीको टीएमसी का २९ सांसदबाहेक गठबन्धनलाई टीडीपी र जेडीयूको समर्थन चाहिन्छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार यी दललाई गठबन्धनमा सामेल गर्ने वा नगर्ने भन्ने पनि आजको बैठकमा छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .