ad ad

ग्लोबल


भारतः मन्त्रालय बाँडफाँट गर्न एनडीए सांसदहरूको बैठक बस्दै

भारतः मन्त्रालय बाँडफाँट गर्न एनडीए सांसदहरूको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ६:८, काठमाडौँ

मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न आज भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनका सबै सांसदको बैठक बस्दै छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बैठक बिहान ११ बजे संसद्‌को केन्द्रीय हलमा बस्नेछ। 

एनडीएका सांसदहरूबीच मन्त्रालय बाँडफाँटमा सहमतिको प्रयास गरिने छ। 

नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि यही जुन ९ साँझ शपथ लिने सम्भावना छ। 

एनडीएका साझेदार दलले प्रत्येक ४ सांसद बराबर एक मन्त्री चाहन्छन्। स्रोतका अनुसार भाजपाले लोकसभा अध्यक्षको पद आफूसँग राख्नेछ।

टीडीपीले पनि यो पद खोजिरहेको छ। टीडीपीले ग्रामीण विकास, आवास र सहरी मामिला, बन्दरगाह र पानीजहाज, सडक यातायात र राजमार्ग र जलविद्युत् मन्त्रालय चाहेको छ। 

सडक यातायात मन्त्रालय १० वर्षदेखि नितिन गडकरीसँग छ। जेडीयूले रेलवे–कृषि मन्त्रालयसँग बिहारका लागि विशेष प्याकेज खोजिरहेको छ।

यसपटक भाजपासँग बहुमत छैन, तर उसको नेतृत्वमा रहेको एनडीए गठबन्धनले बहुमत पाएको छ। 

लोकसभा चुनावमा भाजपा एक्लैले २४० सिट मात्र जित्यो। यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो।

तर, एनडीएले २९३ सिटका साथ बहुमत पाएको छ। भाजपाबाहेक एनडीएमा १४ सहयोगी दलका ५३ सांसद छन्।

सरकार गठनका लागि उनीहरूको समर्थन आवश्यक छ। 

चन्द्रबाबुको टीडीपी १६ सिटका साथ गठबन्धनको दोस्रो ठूलो पार्टी हो भने नितिशको जेडीयू १२ सिटका साथ तेस्रो ठूलो पार्टी हो।

यो बेला भाजपाका लागि दुवै दल आवश्यक छन्। उनीहरूबिना भाजपालाई सरकार बनाउन गाह्रो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .