ad ad

ग्लोबल


भारतको नयाँ सरकारमा यस्तो छ भागबन्डा

भारतको नयाँ सरकारमा यस्तो छ भागबन्डा

भाजपा नेतृत्वको एनडीए गठबन्धनका नेताहरू


नेपालखबर
जेठ २६, २०८१ शनिबार ७:३४, काठमाडौँ

भारतीय लोकसभा (संसद्‌) मा अल्पमतमा रहे पनि नयाँ सरकारमा भारतीय जनता पार्टी (भाजपा) को पुरानो हैसियत कायम रहनेछ। 

सत्ता गठबन्धन एनडीएका घटक दलहरूको बैठकबाट यस्तै संकेत प्राप्त भएको भारतीय अनलाइन पत्रिका अमरउजालाले जनाएको छ। 

उक्त पत्रिकाका अनुसार भाजपा अध्यक्ष जेपी नड्डाको निवासमा वरिष्ठ नेता अमित शाहको उपस्थितिमा भएको एनडीए बैठकमा टीडीपीलाई तीन, जेडीयूलाई दुई र एलजेपी, एनसीपी, शिवसेना, जनतालाई एक/एक मन्त्री पद दिने सहमति भएको छ। 

शाहले प्रमुख दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।  जेडीयूसँग भएको बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारका अलावा सञ्जय झा र ललन सिंह पनि उपस्थित थिए। चन्द्रबाबु नायडूसँग दुई सांसद पनि थिए भने अजित पवारसँगै प्रफुल्ल पटेल पनि थिए। पवन कल्याण र चिराग पासवानसँग छुट्टाछुट्टै भेटे। 

स्रोतका अनुसार टीडीपीका लागि एक क्याबिनेट र दुई राज्यमन्त्री र जेडीयूका लागि एक क्याबिनेट र एक राज्यमन्त्रीको प्रस्तावमा सहमति भएको छ। एलजेपी, शिवसेना र एनसीपीले एक–एक जना क्याबिनेट मन्त्री पाउनेछन्। यसबाहेक जनकल्याण पार्टीलगायत साना दलले एक–एक राज्यमन्त्री पाउनेछन्। मन्त्रालयको टुंगो भने आइतबार शपथ खाने दिन वा पछि लगाइने बताइएको छ। 

आज साना दलहरूसँग छलफल
पार्टी नेतृत्वले सन्तुलन कायम गर्न र एकता कायम गर्न साना दलका नेताहरूसँग शनिबार (आज) बैठक गर्नेछ। 

स्रोतका अनुसार नयाँ सरकारमा प्रदेशको राजनीतिक अवस्थालाई विशेष ध्यान दिइएको छ। मन्त्रिपरिषद्‌मा एउटा मात्र सिट भएका दलले पनि मौका पाउन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .