बेलायती आम निर्वाचनको जारी मतगणनामा लेबर पार्टी विजयी हुने दिशामा तीव्र गतिमा अघि बढिरहेको छ।
अहिलेसम्मको मतगणनामा लेबर पार्टीले २१० सिट जितेको छ भने कन्जरभेटिभ पार्टीले ३४ सिट मात्र जितेको छ। लिबरल डेमोक्रेटिक पार्टीले २४ सिट प्राप्त गरेको छ। यस्तै एसएनपीले चार सिट र रिफर्म यूके पार्टीले तीन सिट प्राप्त गरेको छन्।
रिफर्म यूकेका निगेल फराजले पहिलोपटक जितेका छन्। उनी क्ल्याक्टनबाट सांसदको निर्वाचन जित्न सफल भएका छन्।
एसफिल्डबाट रिफर्म पार्टीका ली एन्डरसन विजयी भएका छन्।
हालसम्मको परिणामअनुसार लेबर पार्टीले ४ सय ५ सिट पाउने अनुमान गरिएको छ भने बहुमतका लागि ३ सय २६ सिट पर्याप्त छ।
अहिलेसम्मको मतगणना हेर्दा कन्जरभेटिभ पार्टीले १५४ सिट र लिबरल डेमोक्रेटिक पार्टीले ५६ सिट पाउने अनुमान गरिएको छ।
207
Shares
प्रतिक्रिया