ad ad

ग्लोबल


बाइडेनको ठाउँमा ह्यारिससँग बहस गर्न ट्रम्प राजी

बाइडेनको ठाउँमा ह्यारिससँग बहस गर्न ट्रम्प राजी

फाइल तस्बिर : कमला ह्यारिस र डोनाल्ड ट्रम्प


नेपालखबर
साउन २०, २०८१ आइतबार ७:१३, काठमाडौँ

अमेरिकी प्रसारक फक्स न्युजले उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहसका लागि गरेको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन्।

सेप्टेम्बर १० मा यसअघि एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबीच बहस हुने तय भएको थियो।

तर बाइडेन आगामी राष्ट्रपतिको दौडबाट बाहिरिँदै कमला ह्यारिसलाई समर्थन गरेपछि अब उनको स्थानमा ट्रम्पसँग कमलाले बहस गर्ने भएकी हुन्। 

यसअघि भने ट्रम्पले बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि अब एबीसी न्युजमा आफूसँग हुने बहस सकिएको बताएका थिए।

कमला ह्यारिसले फक्स न्युजमा हुने बहसबारे अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन्।

फक्स न्युजमा यो बहस भयो भने यो अमेरिकी राष्ट्रपति चुनावको दोस्रो सार्वजनिक बहस हुनेछ।

कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको यो पहिलो बहस हुनेछ।

फक्स न्युजको यो बहस पेन्सिलभेनियामा हुने बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .