कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ।
यसअघिका हमास प्रमुख इस्माइल हानियाको इरानमा हत्या भएपछि उनको स्थानमा नयाँ नेता चयन गरिएको हो।
सिनवार २०१७ देखि गाजा स्ट्रिपमा समूह नेताका रूपमा काम गरिरहेका थिए। अब भने उनी हमासको शीर्ष नेता बनेका छन्।
बीबीसीका अनुसार हमासका एक अधिकारीले हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको बताए।
मध्यपूर्वमा बढ्दो तनावका बीच यो घोषणा आएको हो। इरान र उसका सहयोगीले इस्माइल हनियाको हत्याको बदला लिने बताएका छन्।
इरान र उसका सहयोगीले हानियाको हत्यामा इजरायललाई दोषी ठहर्याएका छन्।
तर यस विषयमा इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
354
Shares
प्रतिक्रिया