ad ad

समाज


पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध

पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८१ बुधबार ८:३२, काठमाडौँ

पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ। 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान ७ ३५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो पञ्छाएर यातायात सञ्चालन गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। 

‘सडकमा ठूलठूला ढुंगासहितको पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने देखिन्छ,’ डीएसपी रिजालले नेपालखबरसँग भने, ‘हाम्रो टोली घटनास्थलमा पुगिसेकेको छ। सडक विभागसँग समन्वय गरेर पहिरो पन्छाउने काम हुँदैन।’ 

उनले पहिरोले दुईतर्फी नै सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु रोकिएका बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .