भारतीय राज्य महाराष्ट्रको पुणेमा भएको पोर्श कार दुर्घटनाका नाबालिग अभियुक्तका हजुरबुवालाई पनि प्रहरीले पक्राउ गरेको छ।
समाचार एजेन्सी पीटीआईले अपराध शाखाका एक अधिकारीलाई उद्धृत गर्दै नाबालिगका हजुरबुबाले परिवारका चालकलाई गलत बयान दिन दबाब दिएको आरोप लगाइएको बताएको छ।
यस मुद्दामा नाबालिग अभियुक्तका बाबुको नाम पनि परेको छ।
समाचार एजेन्सी एएनआईले पुणेका पुलिस कमिश्नर अमितेश कुमारलाई उद्धृत गर्दै नाबालिगका हजुरबुवालाई यस मामिलामा पुणे पुलिसको अपराध शाखा एकाईले पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध आईपीसीको धारा ३६५ र ३६८ अन्तर्गत छुट्टै मुद्दा दर्ता गरिएको छ।
पीटीआई रिपोर्टका अनुसार पुणेको येरवडा पुलिसले परिवारका चालकको उजुरीको आधारमा यो एफआईआर दर्ता गरेको हो।
‘दुर्घटनापछि, नाबालिगका हजुरबुबा र बुबाले चालकको फोन खोसेर मे १९ देखि २० सम्म उनलाई आफ्नो बंगलामा बन्धक बनाएका थिए। चालकलाई उनकी श्रीमतीले उद्धार गरेका थिए’, एक अपराध शाखा अधिकारीले पीटीआईलाई भने।
गत आइतबार मध्यरातमा पोर्श कारले मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार दुवै जना (माथि तस्बिर) को मृत्यु भएको थियो।
पोर्श कारलाई त्यतिबेला मादक पदार्थ पिएका एक नाबालिगले चलाएको प्रहरीले जनाएको छ। नाबालिग अभियुक्त घरजग्गा विकासकर्ताका छोरा हुन्।
शुक्रबार, पुणे अदालतले नाबालिगका बुबालाई पनि यस मामिलामा जुन ७ सम्म न्यायिक हिरासतमा पठाएको थियो। बीबीसी हिन्दी
Shares
प्रतिक्रिया