भारतको राजधानी दिल्लीको नरेला औद्योगिक क्षेत्रको एक कारखानामा शनिबार बिहान भीषण आगलागी भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीका कारण तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
नरेला औद्योगिक क्षेत्रमा रहेको मुग दाल सुकाउने कारखानामा शनिबार बिहान ३ः३० बजे भीषण आगलागी भएको हो।
खबर पाएलगत्तै प्रहरी र दमकलसहितको टोलीले आगलागीमा फसेका नौ कर्मचारीलाई उद्धार गरी अस्पताल पुर्याएको थियो, तीमध्ये तीन जनालाई मृत घोषित गरिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा श्याम, रामसिंह र वीरपाल छन्। घाइतेहरूलाई सफदरजंग अस्पतालमा रिफर गरिएको छ।
कारखानाको ग्यास बर्नरमा काँचो मुग भुटेको पाइपलाइनमा ग्यास चुहिएर आगो फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जसका कारण कम्प्रेसर तातेर विस्फोट भएको थियो।
भिडिओ-
#WATCH | Delhi | Three people died, six injured in a fire that broke out in a factory in Narela Industrial Area. Upon preliminary investigation it was revealed that raw moong was roasted on gas burners and a gas leak on one of the pipelines caused the fire to spread which led to… pic.twitter.com/vQoNvlq2y7
— ANI (@ANI) June 8, 2024
Shares
प्रतिक्रिया