ad ad

ग्लोबल


भारतको झारखण्डमा रेलका १० डिब्बा लिकबाट उछिट्टिँदा ६ जना घाइते

भारतको झारखण्डमा रेलका १० डिब्बा लिकबाट उछिट्टिँदा ६ जना घाइते

दुर्घटनास्थल। तस्बिर : एएनआई


नेपालखबर
साउन १५, २०८१ मंगलबार ८:२९, काठमाडौँ

भारतको झारखण्डमा मंगलबार (आज) बिहान रेलका १० डिब्बा लिकबाट उछिट्टिँदा ६ जना घाइते भएका छन्। 

बीबीसी हिन्दीका अनुसार झारखण्डको सराइकेला–खरसावन जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा मेलका १० डिब्बा लिकबाट बाहिरिएका हुन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।

बडाबम्बु नजिकै बिहान ४ः४५ बजे रेल दुर्घटना भएको हो।

यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजनअन्तर्गत पर्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .