सुर्खेतको एउटा सिँचाई आयोजनामा चार लाख बढी भ्रष्टाचार गरेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आयोजनामा सरकारी अधिकारी र उपभोक्ता समितिका अध्यक्षको मिलेमतोमा भ्रष्टाचार भएको दाबीसहित संलग्नहरूविरुद्ध मुद्दा लगाएको छ।
आयोगका अनुसार सुर्खेतको गुर्भाकोट–१० स्थित लामिताले मोटर सिँचाइ आयोजना छानबिन हुँदा गुणस्तरहीन सामान प्रयोग गरेका कारण आयोजना सञ्चालन आउन नसकेको र झूटा बिल पेस गरी भुक्तानी लिने/दिने काम भएको थियो।
आयोजना नै पूरा नगरी नगरी झूटा बिल भरपाई बनाई भुक्तानी लिने/दिने कार्य गरी सिँचाइको कुलो निर्माणसमेत नगरी नगरेको दाबी आयोगको छ।
आयोगले आर्थिक वर्ष २०६४/०६५ देखि २०६८/०६९मा सञ्चालन भएको आयोजनमा तत्कालीन गाउँ विकास समिति सचिव खड्कबहादुर रोकाय, देवीलाल सुनार, प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीलाई मुद्दा दायर भएको हो।
सचिव रोकायविरुद्ध पुरानो पेस्की फर्छ्यौट नगरी नयाँ पेस्की दिएको अभियोगमा १ लाख ४८ हजार ५ सय रुपैयाँको अभियोग लगाएको छ।
गुणस्तर सामानलाई निर्धारित गुणस्तरको भएको मूल्यांकन गर्ने सचिव सुनार, प्राविधिक सहायक उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष घर्तीविरुद्ध ४ लाख ३८ हजार ५ सय रुपैयाँको दरले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा लगाएको छ।
प्राविधिकलाई वास्तविक रूपमा फिल्डमा नभएको/नगरेको तथा पुरानो सामानहरूलाई नयाँ ल्याएको भनी नापी किताबमा चढाउन लगाई सामग्रीहरूको नक्कली विल भरपाई बनाई भ्रष्टचार गरेको अयोगको दाबी रहेको छ।
Shares
प्रतिक्रिया