ad ad

कर्णाली


वर्षाकै बीच सुर्खेतमा मनोनयन दर्ता सुरु

वर्षाकै बीच सुर्खेतमा मनोनयन दर्ता सुरु

नेपालखबर
असोज २३, २०७९ आइतबार १३:३२, सुर्खेत

बुधबारदेखि परेको निरन्तर वर्षाकैबीच सुर्खेतमा दलहरुले मनोनयन दर्ता सुरु गरेका छन्। आइतबार वर्षाकैबीच दलहरुले मनोनयन दर्ता सुरु गरेका हुन्।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा रहेको निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गरिरहेका छन्। 

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर कँडेलले सुर्खेत क्षेत्र नम्बर २ ९क० बाट प्रदेससभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।  

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अमृत विसी र प्रदेशसभा २ (ख) मा ताराकेशर गौतमले पनि मनोनयन दर्ता गराएका छन्।

यस्तै प्रदेशसभा २ (क) मा पदम बमले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बम पूर्व वाईसीएल जिल्ला अध्यक्षसमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .