मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालीकोटका दुर्घटनामा परेको छ। मंगलबार करिब १२ बजे कालीकोट जिल्लाको तिलागुफा नगरपालिका खलागाड नजिम दर्घटनामा परेको हो।
जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले भे १ ज ४४१२ नम्बरको जिप दुर्घटनामा परेको जानकारी दिए।
उनका अनुसार जिपमा सवार चार जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ। साथै अन्य ६ जना सामान्य घाइते भएका छन्।
सवार घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रजिअ शर्माले बताए।
जिप के कारणले दुर्घटनामा परेको हो भन्नेबार खुलेको छैन्।
825
Shares
प्रतिक्रिया