ad ad

कर्णाली


आन्दोलनकारीले लाइन चुडाउँदा वीरेन्द्रनगरको विद्युत सेवा अवरुद्ध

आन्दोलनकारीले लाइन चुडाउँदा वीरेन्द्रनगरको विद्युत सेवा अवरुद्ध

नेपालखबर
फागुन १, २०७९ सोमबार १४:३१, सुर्खेत

वीरेन्द्रनगरमा जारी आन्दोलनमा आन्दोलनकारीहरुले विद्युत लाइन चुडाएका छन्। लाइन चुडाउँदा वीरेन्द्रनगर बजारका केही स्थानको विद्युत सेवा अवरुद्ध भएको छ। 

नेपाल विद्युत प्राधिकरण सुर्खेतका अनुसार आन्दोलनकारीहरुले विद्युत तार चुडाउँदा वीरेन्द्रनगरको खजुरादेखि बजार आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो।

प्राधिकरणले आन्दोलनले गर्दा विद्युत मर्मत कार्य गर्न समस्या भएको जनाएको छ। उक्त आन्दोलन नियन्त्रणमा आएपछि र अवस्था सामान्य भएपछि मात्रै मर्मत कार्य गरिने प्राधिकरणले जनाएको छ।

हिजो बसले एक महिलालाई ठक्कर दिएर मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .