आइतबार अपरान्ह पदबाट राजीनामा दिएका कर्णाली प्रदेशमा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह मन्त्रालयबाट विदाई भएका छन्।
मन्त्रालयबाट बाहिरिँदै गर्दा शाहले कर्मचारीलाई कसैको दबाबमा नपर्न सुझाव दिएका छन्।
शाहले कर्मचारीलाई कुनै दबाबमा नपरी राम्रो कुराको प्रतिनिधित्व गर्न सुझावका साथै कसैबाट नडराउन आग्रह गरेका थिए।
आफूबाट कुनै गल्ती भएको भए क्षमा समेत उनले मागेका छन्।
‘मैले धेरै कुरा सुनिरहेको छु, म बाट कुनै त्यस्तो दबाब सृजना भएको छ,’ उनले भने, ‘अप्रिय व्यवहार भएको छ भने क्षमा माग्न चाहन्छु। जहिले मलाई माया गर्नुहुने छ भन्ने मलाई विश्वास छ।’
साथै, उनले कर्मचारीलाई राजनीतिक गर्ने व्यक्तिबाट सजग रहन समेत अनुरोध गरेका छन्।
‘राजनीतिमा आफुलाई बिर्सेर उठ्ने प्रयत्न गर्छन, तिनीहरुबाट सजग रहनुहोला, तिनीहरुलाई परास्त गर्नुहोला,’ उनले थपे।
शाहसहित एमालेका तीन मन्त्रीले आज मुख्यमन्त्री राजकुमार समक्ष राजीनामा बुझाएका छन्।
Shares
प्रतिक्रिया