ad ad

कर्णाली


२४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

२४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

नेपालखबर
बैशाख १०, २०८० आइतबार १७:२९, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट प्रहरीले जुवाखालबाट ५ जनालाई प्रकाउ गरेको छ। नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले उनीहरुलाई शनिबार साँझ प्रकाउ गरेको हो।

प्रहरीकाअनुसार पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–५ का ४३ वर्षीय ध्रुव पुरी, सोही ठाउँका ५३ वर्षीय प्रकाश गुरुङ, ५७ वर्षीय तपबहादुर राना, वीरेन्द्रनगर–६ का ४६ वर्षीय खड्कबहादुर रावत र दैलेखको दुल्लु नगरपालिका–११ का ४६ वर्षीय अमर भण्डारी रहेका छन्।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी उनीहरुको साथबाट २४ हजार २८५ रुपैयाँ नगदसहित ३ गड्डी तास बरामद गरेको छ। 

वीरेन्द्रनगरनगर–६ का किशोर कुमार केसीको घरमा जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारमा नगर प्रहरीले छापा हानेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .