सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार जंगलमा संरक्षित वन्यजन्तु जरायोको मासु भागबन्डा लगाउँदै गरेका बेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जरायो मारेको आरोपमा सुर्खेत जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँ क्षेत्रबाट पाँच जनालाई पक्राउ गरेको हो।
जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि प्रहरी बुधबार बिहान ३ बजे घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मणबहादुर शाहीले बताए।
उनका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएकाले उनीहरुको खोजीमा थप प्रहरी परिचालन गरिएको छ।
प्रहरीले घटनास्थलबाट जरायोको मासु बरामद गरिएको जनाएको छ।
195
Shares
प्रतिक्रिया